images

नेपालको असंलग्न परराष्ट्रनीति कमजोर बन्यो : देव गुरुङ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको बताएका छन्।

बिहीबार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको ‘नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताएका हुन्।

images

उनले राष्ट्र, देश र जनताको स्वार्थभन्दा पनि नेता, दलहरुको स्वार्थमा बढी केन्द्रित हुँदा असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको बताए।

उनले पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको, स्वतन्त्र परराष्ट्र नीति कमजोर कमजोर बन्नुको कारण कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधरता बन्ने ढंगको प्रवृत्ति बढ्दै गइरहेको भन्दै आपत्ति जनाए।

सरकार पनि राष्ट्रिय सहमतिबाट नै बनाउन आवश्यक रहेको बताए। महासचिव गुरुङले राष्ट्रिय राजनीतिमा पनि विकासको, स्थिरता, स्थायित्व, निरन्तरता अनिवार्य रहेको उल्लेख गरे।

उनले राष्ट्रिय राजनीतिमा आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध गर्ने राजनीति र विद्वेषपूर्ण ढंगले चल्ने खालका प्रवृत्तिहरु बढेका कारण विचारको क्षेत्रमा मतभेद देखिएको बताए।

समाचार भ्युज
images
SKIP THIS