images

डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धेरैँ धम्की आउन थालेको स्वास्थ्य मन्त्री को ठहर

काठमाडौँ – स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धेरैँ धम्की आउन थालेको बताएका छन्।

बिहीबार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन्।

images

उनले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरूको व्यवस्थापन गर्ने जोखिम रहेको समेत बताए।

आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको उनले बताएका हुन्। उनले दरबन्दी अनुसारको डाक्टरहरू व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने बताएका छन्।

स्वास्थ्यमन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभुत स्वास्थ्य सेवा ग्रामिण स्तरसम्म स्वास्थ्यकर्मीहरुको पहुँच नभएको स्थानमा डाक्टरहरुको पहुँच पुर्याएर नै छोड्ने जिकिर गरे।

‘डडेलधुरामा १६ जनाको दरबन्दीमा एक जना डाक्टरहरु पुगेनन् र ट्रमा सेन्टरमा २० जना भए पुग्ने ठाउँमा २२ जना अर्थोपेडिक डाक्टरहरू हुनुहुन्छ। सबैलाई राजधानी चाहिएको छ। आत्महत्या गर्ने जस्ता कुराहरू उठेका छन्।’ उनले भने,’यो सबै नाटक नौटङ्की हो। कडाईका साथ तपाईँहरू प्रस्तुत हुनूस्। महिले म कहाँ पठाउनूस् आत्महत्या गर्न भने। त्यो कुरा सामाजिक सञ्जालमा लेखेर विरोध भइरहेको छ। मलाई चाहिँ धम्काउने फोन आउन सकेको छैन। मेरो स्वकीय सचिवालयमा धेरै धम्कीहरू आउन थालेका छन्। यसलाई पार लगाएर नै छाड्ने हो।स्वास्थ्यमा चिरफार गरेर नै छाड्छौँ। थिती बसाल्छौँ।’

समाचार भ्युज
images
SKIP THIS