images

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल

काठमाडौं–प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने तयारी गरेका छन्। आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले राजीनामा मागेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिन लागेका हुन्।

आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रीतम सिंह पटकपटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालले राजिनामा मागेका छन्। एमालेसहित प्रतिपक्षी दलहरुले संसद बैठक पनि चल्न दिएका छैनन्।

images

एमालेले जवाफ नभई अब राजीनामा दिनुपर्ने अडान लिँदै आएको छ भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै आएको छ। बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले संसदमा प्रधानमन्त्रीले जवाफ दिएर अघि बढ्ने निर्णय गरेको थियो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि संसद बैठक चल्न नदिने अडान राखेको छ। आफूहरूलाई प्रधानमन्त्रीको जवाफ नभइ राजिनामा चाहिएकाले संसद बैठक कुनै हालतमा चल्न नदिने एमालले जनाएको छ। प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।

समाचार भ्युज
images
SKIP THIS