images

राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन: महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका छन्।

सोमवार स्व. गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताएका हुन्। उनले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने बताए। उनले कुनैपनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्नेकुरा स्थापित गर्नुपर्नेमा जोड दिए। उनले विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको र यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरुले लिनुपर्ने बताए।

images

उनले प्रधानमन्त्री प्रचण्डले चालेको भ्रष्टाचारविरुद्धको अभियान सबैको साथ भएको उनको भनाइ छ। भ्रष्टाचारविरुद्धको अभियानमा सिंगो देशको साथ सरकारलाई रहेको बताए।

समाचार भ्युज
images
SKIP THIS