images

संसद ढकालद्वारा गोरखामा भएको जीप दुर्घटना बारे संसदमा ध्यानाकर्षण

काठमाडौं ८।नेपाल परिवार दलका अध्यक्ष तथा सांसद एकनाथ ढकालले गोरखाको जीप दुर्घटना बारे संसदमा ध्यानाकर्षण गराउनु भएको छ ।बिशेष समय म बोल्दै उनले यस्तो  ध्यानाकर्षण गराएका हुन ।।

” गोर्खा जिल्लाको जनप्रतिनीधीको नाताले ध्यानाकर्षण गर्दछु कि गत राति अविरल बर्षाको कारण सहिद लखन थापा गाउपालिका वडा नम्बर ३ स्थीत् चिलंगकोट, पात्लेखोलामा जीप दुर्घटना भई पाँच जनाको दुखद निधन भएको छ।

images

यस दुर्घटनावाट निधन हुनु हुने वीरबहादुर थापा मगर, थनबहादुर थापा, प्रविन थापा, निराज थापा र नवीना थापाको आत्माको चिरशान्तिको कामना गर्दछु। घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

नेपालमा सडक दुर्घटनाको दर बढ्दो छ। स्तरहीन कच्ची बाटो, असावधानी पूर्ण यात्राको कारण यात्रीहरुले अनायासमा ज्यान गुमाउनु परेको छ। म प्रमुख प्रतिपक्षको तर्फवाट बढ्दो सबारी दुर्घटना प्रति सरकार गम्भीर हुन, यात्रीहरुको सबारी बिमा गर्न र दुर्घटनामा घाइते हुनेको निशुल्क उपचारको ब्यबस्था गर्न म सरकारको संग जोडदार माग
गर्दछु ।”

धन्यवाद।

समाचार भ्युज
images
SKIP THIS