images

ह्वाइट हाउसमा मोदीको भव्य स्वागत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय समयअनुसार बिहीबार बिहान वासिङ्टन डिसीस्थित ह्वाइट हाउसमा सम्बोधन गरेका छन्।

उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भव्य स्वागतका लागि धन्यवाद दिँदै पहिलोपटक अमेरिकाले आफूलाई यस स्तरको सम्मान दिएको बताए।

images

३० वर्षअगाडि आम नागरिकका रुपमा बाहिरबाटै ह्वाइस हाउसलाई देखेको स्मरण पनि उनले गरे।

उनले अमेरिका र भारत दुवै देश सर्वजन सुखाय:, सर्वजन हिताय:मा विश्वास गर्ने बताए।

मोदीले बिहीबार नै अमेरिकी संसद्को संयुक्त सदनमा सम्बोधन गर्नेछन्।

मोदी अहिले अमेरिका यात्रामा छन्।

समाचार भ्युज
images
SKIP THIS