images

प्रधानमन्त्री–खरे भेटवार्ता

काठमाडौँ, असार १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अतुल खरेले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ। उहाँ संयुक्त राष्ट्रसङ्घीय डिपार्टमेन्ट अफ अपरेसनल सपोर्टका उपमहासचिव हुनुहुन्छ।

प्रधानमन्त्री दाहालसँगको भेटमा नेपाल–संयुक्त राष्ट्रसङ्घबिचको साझेदारी थप प्रगाढ बनाउन तथा आपसी हितसम्बन्धी विविध विषयमा छलफल भएको जनाइएको छ।

images

उपमहासचिव खरेले परराष्ट्रमन्त्री एनपी साउदसँग पनि शिष्टाचार भेट गरी आवश्यक सहयोग आदानप्रदान र भावी सहकार्यका विषयमा छलफल गर्नुभयो। उहाँ शान्ति स्थापनासम्बन्धी सातौँ अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन नेपाल आउनुभएको हो।

समाचार भ्युज
images
SKIP THIS