images

विवेकशील साझा पार्टीको प्रवक्तामा प्रधान

काठमाडौं ।विवेकशील साझाले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ता बनाएको छ। आज बसेको पार्टीको केन्द्रीय समिति वैठकले पर्यटन उद्यमी समेत रहेका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो।

को हुन नव नियुक्त प्रवक्ता प्रधान?

images

विवेकशील साझा पार्टीका नव नियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन।त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन ‘का पिएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलता पूर्व सम्पन्न गरिसकेका छन। विभिन्न सामाजिक-राजनीतिक अभियानको नेतृत्व गरिसकेका प्रधान विधि र मूल्य मान्यतामा आधारित राजनीतिको खह्रो वकालतकर्ता हुन।

राजनीतिक घरानाका प्रधान तनहुँको बन्दीपुरका स्थायी वासिन्दा हुन।

सप्रेम
नवराज थापा
प्रमुख
कार्यालय व्यवस्थापन विभाग
२०८०/०२/१९ गते शुक्रबार

समाचार भ्युज
images
SKIP THIS