images

प्रधानमन्त्री दाहालले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने

काठमाडौँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लेले आफ्नो भ्रमणको प्रमुख उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनु रहेको बताएका छन् ।बुधबार भ्रमणको पहिलो साँझ नयाँदिल्लीस्थित नेपाली दूतावासको आयोजनामा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । यस क्रममा उनले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताए ।

दाहालले भोलि बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने पनि जानकारी दिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधबार दिउँसो नयाँदिल्ली पुगेका दाहाल पहिलो रात मौर्य होटलमा बस्नेछन् ।

समाचार भ्युज
images
SKIP THIS