images

सरकारको अबको ध्यान राजस्व चुहावट तथा सम्पत्ति शुद्धीकरणको विषयमा रहेको: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनताको हितका लागि काम गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

शनिबार प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

images

उहाँले सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भुमिका रहेपनि राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले सबै एक ठाउँमा उभिनुपर्ने बताउनु भयो ।

उहाँले जनताको हीतमा समझदारी र सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विगतका नमिठा पक्षलाई बिर्सिएर जनता र देशको विकासका लागि लाग्न आह्वान गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आफ्नो ठाउँबाट गर्नुपर्ने त्याग गरेको स्पष्ट पार्नुभयो । उहाँले अहिले देशका अघि रहेका समस्या र चुनौतिको समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उनले सरकारको ध्यान राजस्व चुहावट तथा सम्पत्ति शुद्धीकरणको विषयमा पनि रहेको र त्यसमा संसद्को पनि सहयोग आवश्यक रहेको बताए । उनले आफ्नो प्रधानमन्त्रीको यो तेस्रो कार्यकाल अन्तिम हुन सक्ने र आफू गम्भीर अग्निपरीक्षामा रहेको पनि बताए ।

 

समाचार भ्युज
images
SKIP THIS