काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध पारेकाे छ। सत्तापक्षले आफूहरूमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेले सदन अवरुद्ध पारेकाे हाे।
एमाले प्रमुख सचेतक पदम गिरीले पशुपतिनाथ मन्दिरको जलहरि लगाउन विषयमा पित्तलको जलहरि चढाएर अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षले लगाएको भन्दै सत्यतथ्य छानविन नभएसम्म सदन चल्न नदिने भन्दै एमालेले सदन अवरुद्ध बनाएको हो।
सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक स्थगन भएको जानकारी दिए ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ न्यौपानेले माफी नमागेसम्म संसद् चल्न नदिने भन्दै एमालेले संसद् बैठकमा विरोध जनाएको हो ।
जेठ १० गतेको संसद्मा न्यौपानेले पशुपतिनाथको मन्दिरमा सुनको जलप लगाउन पर्नेमा पित्तलको लगाएर भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै दिएको अभिव्यक्तिप्रति एमालेले संसदमा विरोध गरिरहेको छ । उसले बेल घेरेर नाराबाजी गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै त्यसबारे टुङ्गोमा नपुगेसम्म बैठक चल्न नदिने चेतावनी दिएको छ ।















