images

मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी सहभागी

जनकपुरधाम – मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी सहभागी भएको छ। बिहीबार एउटा मन्त्रालय लिएर लोसपा सरकारमा सहभागी भएको हो।

मुख्यमन्त्री सरोजकुमार यादवले लोसपाका सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरणमन्त्री नियुक्त गरेकोमा उनले आजै पद तथा गोपनीयताको शपथ लिएका हुन्।

images

नवनियुक्त मन्त्री कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट निर्वाचित भएका हुन्।

प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन।

समाचार भ्युज
images
SKIP THIS