images

ताराखोला गाँउपालिाका अध्यक्ष धनबहादुर बिकको सेवा सुविधाबापतको रकम जन युद्वका घाइतेदेखि शैक्षिक कोषका लागि हस्तान्तरण

जेष्ठ ९,
बागलुङ
चुनावी प्रतिवद्वता अनुसार बागलुङको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर बि.क. ‘हिमाल’ ले वर्षभरि सेवा सुविधा बापत पाउने रकम सामाजिक कार्यमा खर्चिनुभएको छ । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावमा ताराखोलाका अध्यक्षका प्रत्याशी बि.क.ले आफु निर्वाचित भए पछि जनप्रतिनिधिले पाउने सेवा सुविधा बापतको रकम सामाजिक कार्यमा खर्चिने घोषणा गर्नुभएको थियो । जनप्रतिनिधिको रुपमा काम गरेको वर्षगाँठमा बि.क. ले पत्रकार सम्मेलन गर्दै सेवा सुविधा वापतको रकम जनयुद्वका घाइते देखि शैक्षिक कोषका लागि हस्तान्तरण गर्नुभएको छ । प्रशासनिक काममा हुने फजुल खर्च घटाएर पालिकाको लागि आवश्यक डोजर खरिद गरेका बि.क. ले सेवा सुविधा बापत एक वर्षमा पाउने ४ लाख ४८ हजार ८० रुपैया मध्ये १ लाख २२ हजार ८ सय ६९ रुपैयाँ गाउँपालिकाको शैक्षिक कोषलाई हस्तान्तरण गर्नुभएको छ । यस्तै, बि.क. ले जनयुद्वका घाइते बम बहादुर रोका ‘प्रशान्त’ लाई ७० हजार, नीति स्वकिय सचिव धनबहादुर घर्तिलाई १ लाख १६ हजार, पत्रकार जकेन्द्र बि.क. लाई ६० हजार, पार्टी लेबीका लागि केन्द्रिय सदस्य निरमाया श्रीलाई ७३ हजार २ सय १२ रुपैयाँ हस्तान्तरण गर्नुभएको छ । गाउँपालिकाले बढ्दो विदेश पलायनलाई रोक्न श्रम बैंक कार्यक्रम संचालन गरेको छ भने बसाइसराई रोक्नको लागि बाँझो जमिन सदुपयोग गर्ने नीति समेत लिएको छ । पूर्वाधारतर्फ ७२ प्रतिशत प्रगति गरेको गाउँपालिकाले सामुदायिक विद्यालयलाई अब्बल बनाउन जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउने नीति कार्यान्वयनमा ल्याएको छ ।

समाचार भ्युज
images
SKIP THIS