भरतपुर – भरतपुरमा स्वदेशी जुत्ता–चप्पल मेला सुरू भएको छ । भरतपुर १० स्थित प्रदर्शनी केन्द्रमा चौंथो स्वदेशी जुत्ता–चप्पल मेला मंसिर २५ गतेबाट सुरू भएको हो ।
मेलाको उद्घाटन चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका हुन् । उद्घाटनमा प्रजिअ अर्यालले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न जोड दिए । उनले यस्ता मेला आयोजनाले अर्थतन्त्रलाई लयमा फर्काउने बताए ।
चितवन उद्योग संघको सहकार्यमा नेपाली जुत्ता कम्पनीहरुले मेलाको आयोजना गरेका हुन् । नेपाली जुत्ता घरका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले २०७९ देखि हालसम्म तीनवटा जुत्ता–चप्पल मेला भएको र अहिलेको मेला चौथो भएको बताए ।
मेलाको उद्घाटन कार्यक्रममा फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन नेपालका अध्यक्ष रूद्र न्यौपानेले स्वदेशी जुत्ता–चप्पलको मेलाबाट २ करोडसम्मको कारोबार हुने अपेक्षा गरिएको बताए । उनका अनुसार सस्तो मुल्यमा बलियो र टिकाउ भएका स्वदेशी जुत्ता–चप्पलहरु स्टलमा राखिएको बताए ।कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराईले स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउनुपर्ने बताए । मेलामा स्वदेशी उत्पादनको जुत्ता–चप्पल राखिएको छ । व्यवसायीहरुले नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने बताए । उनले पछील्लो समय नेपाली जुत्ताचप्पल नेपालमा मात्रै नभएर बिदेशमा समेत निर्यात हुँदै आएको बताए ।


समाचार भ्यूज 






