images

एभरेष्ट साकोसको १८ औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्ष मा मदन प्रसाद पौडेल निर्वाचित

नारायणगढ २२ मंसिर, एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

images

संस्थाका ज्येष्ठ शेयर सदस्य श्री कुल बहादुर गुरुङ्गज्यूको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष बालगोपाल चुकेज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्यूले हामीले कमाई संगसगै पैसा बचाउन जान्ने कला सिक्नु पर्दछ जुन सहकारी संस्थाबाट सिक्न सकिन्छ भन्दै एभरेष्ट साकोसले सहकारीको मुल्य, मान्यता र सिद्धान्तमा अनुसार समुदायमा आधारित उत्कृष्ट सेवा प्रदान गर्दै आएको र यस क्षेत्रको उत्कृष्ट सहकारीका रुपमा पहिचान स्थापित गर्न सफल भएको भन्दै संस्थाको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभयो । अतिथी कानूनी सल्लाहकार अधिवक्ता डा.कुन्साङ लामाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सम्पूर्ण शेयर सदस्यहरुका तर्फबाट शेयर सदस्य अर्जुन अधिकारी र श्री कल्पना सिग्देलज्यूले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा शेयर सदस्यहरुलाई सर्वाधिक बचत, नियमित बचत, उत्कृष्ट वित्तिय परिचालन, एभरेष्ट फेमिली, सर्वाधिक प्रविधी प्रयोग विधामा सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यसैगरि सस्थाका ज्येष्ठ सदस्यलाई दोसाल्ला, मायाको चिनो र सम्मान पत्रबाट सम्मान गरिएको थियो । संस्थाका कनिष्ट सदस्यलाई मायाको चिनो र प्रंशसा पत्रबाट सम्मान गरिएको थियो । शेयर सदस्यका छोराछोरी सामुदायिक र निजी विद्यालयबाट सर्वोत्कृष्ट नतिजा ल्याउने १ र १ जनालाई ३ र ३ हजार नगद सहित सम्मानपत्रबाट सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यसैगरि संस्थामा कार्यरत वर्ष उत्कृष्ट कर्मचारी ३ जना र कर्मचारीहरु मध्ये सर्वोत्कृष्ट १ जना कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । संस्थाका व्यवस्थापक सरु ढकालज्यूले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष शान्तालाल प्रधानज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी सचिव मदन प्रसाद पौडेलज्यूले बार्षिक प्रगति प्रतिवेदन र भावि कार्य योजना र कोषाध्यक्ष मनोज कुमार अग्रवालज्यूले आर्थिक प्रतिवेदन एवं प्रस्तावित अनुमानित बार्षिक बजेट, लेखा सुपरिवेक्षण समितिका सदस्य गोविन्द पराजुलीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा लेखा परिक्षण प्रतिवेदन सहित प्रस्तुत तिनै प्रतिवेदन सर्वसम्मत अनुमोदन भएको छ । सोही साधारणसभाले आन्तरिक कार्यबिधि तथा विनियम संसोधन गर्ने प्रस्ताव समेत पास गरेको छ । कार्यक्रममा व्यवस्थापक सरु ढकालज्यूले संस्थागत गतिबिधि, वर्तमान अवस्था, प्रस्तावित विषयहरु र कर्मचारीहरुको भुमिका बारे समिक्षात्मक धारणा व्यक्त गर्नुभएको थियो ।

 

वि.सं. २०६४ सालमा “समुदायमा आधारित उत्कृष्ट, व्यवसायिक एवं दिगो वित्तिय सहकारी संस्था”को परिकल्पना सहित स्थापित यस संस्थाले आय मुलक तथा सेवामुलक लगायत क्षेत्रमा बचत तथा ऋण मार्फत सेवा प्रदान गर्दै आएको छ । भरतपुर महानगरपालिका वडा नं। १ देखि २९ सम्म कार्यक्षेत्र रहेको भरतपुर महानगरपालिका वडा नं. ३ लायन्स चोकमा मुख्य कार्यालय रही भरतपुर ५, विकास चोकमा सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको यस संस्थाको आषाढ मसान्त सम्म ३०१८ शेयर सदस्य रहेका छन् । संस्थाको चुक्ता शेयर पुँजी ४करोड ७९ लाख, बचत २७ करोड ८५ लाख, कर्जा लगानी २६ करोड ५५ लाख, संस्थागत पुँजि १३।९३ प्रतिशत रहेको छ । सभाका सभाध्यक्ष बाल गोपाल चुकेज्यूले एभरेष्ट साकोसलाई अहिलेसम्मको स्थायित्व, विश्वसनियता र पहिचान सम्म ल्याउन सदस्यहरुको विश्वास, साथ, सक्रियता र निरन्तर सहयोग नै मुल आधार रहेको बताउदै सम्पुर्ण सदस्यहरुलाई आभार सहित धन्यवाद व्यक्त गर्नुभएको थियोे ।

यस साधारणसभाबाट नयाँ सञ्चालक समितिको चयन गरिएको छ । नवनिर्वाचित सञ्चालक समितिको अध्यक्षमा मदनप्रसाद पौडेल, उपाध्यक्षमा मनोज कुमार अग्रवाल, सचिवमा संगिता अधिकारी, कोषाध्यक्षमा हरिकुमार राजभण्डारी, सदस्यहरुमा विष्णु प्रसाद दवाडी, कृष्ण प्रसाद सिग्देल र अनुषा चुके चयन हुनुभएको छ । संयोजक अधिवक्ता डा.कुन्साङ लामा, सदस्य श्री अर्जुन अधिकारी र श्री अग्मु श्रेष्ठ सहितको ३ सदस्यीय निर्वाचन उपसमितिले निर्वाचन सम्बन्धि प्रक्रिया सम्पन्न गरि नव निर्वाचित सञ्चालक समिति र लेखासुपरिवेक्षण समितीलाई निर्वाचन उपसमितिका संयोजक अधिवक्ता डा.कुन्साङ लामा ज्यूले सपथ ग्रहण गराउनु भएको थियो ।

समाचार भ्युज
images
SKIP THIS