images

चितवन फोटोग्राफी संघको अध्यक्षमा हरिचन्द्र पन्त चयन

चितवन, १९ साउन । चितवन फोटोग्राफी संघको भरतपुरमा आयोजित ४४औं साधारण सभा तथा १५औं अधिवेशनबाट हरिचन्द्र पन्त अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन्।

संघको नवगठित कार्यसमितिमा उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, सचिवमा रमेश घिमिरे, सह–सचिवमा सूर्य काफ्ले, र कोषाध्यक्षमा निरञ्जन भण्डारी चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा रामकुमार कार्की, विकास सापकोटा, सुपथ अधिकारी, पूर्णभद्र सुवेदी र निरोज भण्डारी चयन भएका छन्।

images

११ सदस्यीय कार्यसमितिको बाँकी पदमा भने मनोयनमार्फत नियुक्त गरिने छ ।ध्रुव सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा निर्वाचन समिति संयोजक चन्द्रकान्त ओझाले समितिलाई अझ क्रियाशील बनाउन सुझाव दिनुभयो। उहाँले फोटोग्राफरहरूको साझा संस्था भन्ने अनुभूति हुने वातावरण तयार गरेर काम गर्न आग्रह गर्नुभयो । फोटोग्राफर महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्रीराम कंडेलले नयाँ कार्यसमितिमाथि ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै संस्थागत विस्तारको अभियानलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्ने बताए।

उहाँले बागमती प्रदेशको गठनको तयारी भइरहेकाले चितवन फोटोग्राफी संघले त्यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा निर्वतमान सल्लाहकार समिति संयोजक ईश्वरप्रसाद घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने निर्वतमान कार्यसमिति सदस्य सन्तकुमार चौधरीले नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। निर्वाचन समितिमा संयोजक चन्द्रकान्त ओझासहित सदस्य लक्ष्मण गुरुङ र उत्तमचन्द्र वाग्ले रहेका थिए ।

समाचार भ्युज
images
SKIP THIS