काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जली प्रकट गरेका छन् ।
शनिबार पौडेलले शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङ्गले लोकतन्त्र स्थापना र पुनर्स्थापनामामा पुर्याएको महत्वपूर्ण योगदान सदा स्मरणीय रहने उल्लेख गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
गुरुङको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । साथै, राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्देलनकाबेला गुरुङले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गरेका छन् ।
राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका पनि सचिवालयले जनाएको छ । चितवन नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।


समाचार भ्यूज 






