वे ग्रुप नेपालको १० औ स्थापना दिवस तथा तेश्रो अधिवेशन २०८२ जेष्ठ २४ शनिवार भरतपुर महानगरपालिका वडा नं ४ स्थित फुट मार्ट पार्टी प्यालेसमा सम्पन्न भयो ।
जिल्ला समन्वय समिति प्रमुख चितवनका नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहि भरतपुर महानगरपालिका वडा नं४ का वडा अध्यक्ष अर्पण पोख्रेल ,माननिय पूर्व सामाजिक विकास मन्त्री वागमती प्रदेशका विजय सुवेदी, भरतपुर महानगरपालिका वडा नं २ का वडा अध्यक्ष मनोज रानाभाट, भरतपुर महानगरपालिका वातावरण तथा विपद व्यवस्थापन महाशाखा प्रमुख विस्सु राम कुवँर ,वे ग्रुप नेपालका संस्थापक संयोजक भोज नारायण कँडेल, गैडाकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष प्रकाश सापकोटा, एन आर एन उपमहासचिव तथा नेपाल सरकार पर्यटन मन्त्रालय सद्भावना दुत वेल्स यूकेका सोम नाथ सापकोटा, वे ग्रूप नवलपुरका अध्यक्ष प्रकाश अधिकारी विशिष्ट अतिथिको रुपमा आतिथ्यता ग्रहण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष हरी प्रसाद न्यौपानेले स्वागत मन्तब्य राख्नु भएको थियो भने वे ग्रुप नेपालले सदा अग्रसर भइ समाज र देशको लागी सदैव तत्पर भइ लागिरहन आग्रह गर्दै आफु र आफ्नो क्षेत्रबाट हुन सक्ने सक्दो सहयोग गर्नेछौ भनि प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरुले आफ्ना भनाईहरु राख्नु भयो ।

वे ग्रुप नेपालको तेश्रो अधिवेशनबाट अध्यक्ष दिपक गौतम ,उपाध्यक्ष हरी प्रसाद न्यौपाने, सचिव शालिकराम आचार्य, सह–सचिव अनिता पोख्रेल, कोषाध्यक्ष बाबुराम बस्नेत, सह–कोषाध्यक्ष तुलसी कँडेल तेस्तै सदस्यहरुमा निर्मला अधिकारी (निरु),लोकनाथ बञ्जरा, संगीता खड्का, रामचन्द्र अर्याल ,चन्द्रावती आचार्य, बले कुमार श्रेष्ठ र मोहन हरी कोइराला निर्विरोध निर्वाचित भएका छन् ।
वे ग्रुप नेपाल विगत १० वर्ष देखी नितान्त सामाजिक कार्यमा अग्रसर रहि समाज र देशको लागी सरसफाई अभियानमा लागीरहेको छ । नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आगामी दिनहरुमा अझै सक्रिय रुपमा सफल तरिकाले मन, वचन र कर्मले अगाडी बड्न आग्रह गर्दे कानुनी सल्लाहकार चुडामणी सापकोटाद्धारा शपथ ग्रहण गराइ संस्थाका अध्यक्ष तथा उक्त कार्यक्रमका अध्यक्षता गर्नुभएका दिपक गौतमले कार्यक्रम समापन गर्नु भयो ।


सूर्य काफ्ले 






