images

शुक्रबारको लागि तय प्रतिनिधिसभा बैठक स्थगित,आइतबार बस्ने

काठमाडौँ–शुक्रबारको लागि तय प्रतिनिधिसभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने अडान कायम राख्ने बताएपछि।

शुक्रबारको लागि तय बैठक स्थगित भएको हो। दिउँसो ३ बजे बस्ने बैठक आइतबारसम्मको लागि स्थगित भएको हो। संसद सचिवालयले सूचना जारी गर्ने तयारी गरेको छ।

images

आजकै लागि तय भएको राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ। शुक्रबारको प्रतिनितिसभा बैठकमा पनि एमाले र राप्रपाले अवरोध गर्ने भनेपछि सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउन प्रयास गरेका थिए।

घिमिरेले शुक्रबार आह्वान गरेका पटक–पटकको छलफलमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमालेका सचेतक महेश बर्तौला लगायतले आफूहरु प्रचण्डको राजीनामा को मागको अडानमै रहेको दोहो¥याएका थिए।

राप्रपाले पनि सोहि अडान यथावत रहेको जनाएको थियो। राप्रपा संसदीय दलका मुख्य सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको राजिनामाको मागको अडान कायमै रहेको देशसंचारसँग बताएका थिए।

सभामुख घिमिरेले शुक्रबार मात्रै प्रमुख दलका नेताहरुसँग चार पटक औपचारिक संवादमा बसेका थिए।
सबै छलफलमा एमालेले प्रधानमन्त्रीको अडानबाट पछि नहट्ने बताएपछि दलहरुको कुरा नमिल्दा बैठक स्थगित भएको हो।
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन।

समाचार भ्युज
images
SKIP THIS