images

विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी आउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा उत्पादित विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौँको वैदेशिक लगानी आउनसक्ने बताएका छन्।

शुक्रबार काठमाडौँमा भएको नेपाल उद्योग परिसंघको २० औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले विद्युतको राम्रो बजारको व्यवस्था गर्न खोजेको पनि बताए।

images

उनले विद्युतमा खर्बौंको लगानी आउनसके मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्न सहज हुने बताए। उनले अर्थतन्त्रका समस्या र चुनौतीलाई स्थायी र दीर्घकालीन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिनुपर्ने आवश्यकता रहेको बताए।

उनले सरकारले धेरै मेहनत गरेर अहिले नेपाल–भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिएको उल्लेख गरे। उनले भारतका प्रधानमन्त्रीले नेपाल–भारतको सम्बन्धका सन्दर्भमा सीमाका समस्या समाधान गर्ने बताएको भन्दै नेपालसँगको सम्बन्ध हिटबाट सुपरहिट बनाउने कुरा आवेगको भरमा नआएको दाबी गरे।

उनले पछिल्लो समय राष्ट्रहितको काम गरे पनि नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृति बढ्दै गएको जिकिर गरे।

 

समाचार भ्युज
images
SKIP THIS